Samayojan khabar

Advertisment

SKIP THIS

याम्खाको खामडाँडामा सामुदायिक स्वास्थ्य केन्द्र

याम्खाको खामडाँडामा सामुदायिक स्वास्थ्य केन्द्र


समायोजन खबर
  • बिहिबार, जेष्ठ २७ २०७८

  • समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले याम्खाको खामडाँडामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरेको छ। दुरदराजका बासिन्दाहरुले सिटामोल, जीवनजल लिनकै लागि मात्रै घण्टौ हिड्नुपर्ने बाध्यताको अन्त्य गर्दै बुधबार स्वास्थ्य केन्द्र स्थापना गरेको हो।

    स्वास्थ्य केन्द्रमा एक जना अहेव रहने छ, सरकारले बाँड्दै आएको ३५ प्रकारको औषधी निःशुल्क उपलब्ध हुने र गाउँपालिकाको स्वास्थ्यकर्मीले गर्ने सम्पूर्ण उपचार सेवाको सुविधा पाईनेछ।

    गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा उपाध्यक्ष सपना राई, सम्बन्धित वडाका वडाध्यक्ष लगायतको उपस्थिती थियो। गत आईतबार छितापोखरीस्थित दुधेलो भन्ज्याङमा पनि स्वास्थ्य केन्द्र स्थापना गरिएको थियो।

    यसअघि टेम्माको दिलैची र बतासेको भण्डारेघाटमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भई सञ्चालनमा छ। गाउँपालिकाको यो सामुदायिक स्वास्थ्य केन्द्र चौथो हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology