Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङमा तेश्रो सामुदायिक स्वास्थ्य केन्द्र स्थापना

दिप्रुङमा तेश्रो सामुदायिक स्वास्थ्य केन्द्र स्थापना


समायोजन खबर
  • आइतबार, जेष्ठ २३ २०७८

  • सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई र उपाध्यक्ष सपना राई।

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरेको छ। दुरदराजका बासिन्दाहरुले सिटामोल, जीवनजल लिनकै लागि मात्रै घण्टौ हिड्नुपर्ने बाध्यताको अन्त्य गर्दै गाउँपालिकाको वडा नम्बर ६ छितापोखरीस्थित दुधेलो भन्ज्याङमा आईतबार स्वास्थ्य केन्द्र स्थापना गरेको हो।

    स्वास्थ्य केन्द्रको गाउँपालिका अध्यक्ष भुपेन्द्र राई, उपाध्यक्ष सपना राईले एकसाथ उद्घाटन गर्नुभएको छ। व्यक्तिले निशुल्क उपलब्ध गराएको घरमा स्थापना गरिएको स्वास्थ्य केन्द्रमा एक जना अहेव रहने, सरकारले बाँड्दै आएको ३५ प्रकारको औषधी निःशुल्क उपलब्ध हुने र गाउँपालिकाको स्वास्थ्यकर्मीले गर्ने सम्पूर्ण उपचार सेवा पाईनेछ।

    सामुदायिक स्वास्थ्य केन्द्र नहुँदा सिटामोल, जीवनजलजस्ता सामान्य औषधी लिनमात्रै मानिसहरु घण्टौ हिड्नुपर्ने बाध्यता थियो। अब त्यो बाध्यता सधैको लागि अन्त्य भएको गाउँपालिका अध्यक्ष राईले बताए। सामुदायिक स्वास्थ्य केन्द्रले कोरोना नियन्त्रणमा समेत सघाउँ पुग्नेछ। गाउँघरमौ अहेब बसेपछि को, बिरामी, कस्तो बिरामी कहाँ छ भन्ने थाहा पाउँनेछ उनले भने।

    गाउँपालिकाको यो सामुदायिक स्वास्थ्य केन्द्र तेश्रो हो। यसअघि टेम्माको दिलैची र बतासेको भण्डारेघाटमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भई सञ्चालन भईरहेका थियो। केही दिनपछि याम्खाको खामडाँडामा सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गरिने गाउँपालिका अध्यक्ष राईले बताए।
    यसैबीच, सोमबार सप्तेश्वर छितापोखरीको स्वास्थ्य चौकी त्रितिया भन्ज्याङ र अस्थाई कोभिड अस्पताल याम्खामा दुई सय जना भन्दा बढीको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिने गाउँपालिकाले जनाएको छ। कर्मचारी, जनप्रतिनिधि लगायतको स्वाव संकलन गरिनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology