समायोजन खबर खोटाङ, स्थानीय सरकारहरुले कतिपय बजेट अनावश्यक खर्च गरिरहेको देखिन्छ । उनीहरुले लगानी गरेको बजेटबाट प्रतिफल शुन्य छ । तर, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले निर्माण गरिरहेको मोटरेबल पुलको ढलान सुरु भएपछि भने स्थानीय सरकारप्रति आशा जागेको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको सिमाना साप्सुखोलास्थित बाटोफेदीमा निर्माणधिन पुलको आईतबारबाट ढलान सुरु भएको छ । गाउँपालिकाले खाल्लेको आहालेबाट साप्सुखोला हुंदै याम्खासम्म विस्तार गरेको सवैभन्दा छोटो दुरीको सडक खोलेपछि साप्सुखोलामा पुल बनाईएको हो। फर्मा बिछ्याउने काम सकेर युद्धस्तरमा पुल ढलानको काम सुरु भएकोे निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिका प्रोजेक्ट इन्चार्ज हरि बरालले बताए।
बढीमा ४/५ दिनमा ढलानको काम सकिने हुनाले सम्झौता म्यादमा करीव–करीव पुलको काम सकिने प्रोजेक्ट ईन्चार्ज बरालले दावि गरे । ढलानको काम सक्छौ त्यसपछि २८ दिन त्यहाँ केही काम गर्न मिल्दैन । ढलान नै मुख्य काम हो । बरालले भने, ‘अन्य कामका लागि त समय नै लाग्दैन ।’ निर्माण कम्पनीले गाउँपालिकासँग २०७६ जेठ १७ गते सम्झौता गरी २०७८ जेठ १७ गते पुलको काम सक्ने भनि हस्ताक्षर गरेको छ।
४० मिटर लम्बाई, ६ मिटर चौडाईको प्रिस्ट्रेल बिम मोटरेबल पुलका लागि गाउँपालिकाले भ्याटसहित ५ करोड ६० लाख १० हजार ५४५ रुपैयाँ वजेट खर्चेको छ । छोटो दुरीको सडक विस्तार गरिए पनि हिउँदमा साप्सुखोलाबाटै यातायातका साधन सञ्चालन गर्दा जोखिम बढ्ने र बर्खामा ठप्प हुने भएपछि पुलका लागि बजेट खर्च गरेको गाउँपालिकाले जनाएको छ।
बर्खामा बस तथा ढुवानी गर्ने गाडीहरु बन्द हुंदा मोटरसाईकल भने नजिकैको झोलुङगे पुलबाट तारिने गरिएको छ । गाउँको विकास गर्न तम्सिए पनि खोला बाधक बन्दा गाउँपालिकाबासीले शास्ती खेप्नु परेको छ । त्यो हाम्रो लागि शैय हुदैन । गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले भने । जसरी भए पनि शास्तीलाई सधैको लागि अन्त्य गर्न निर्माण गरिएको पुल जुनसुकै हालतमा सम्झौता म्यादमा चाहिन्छ।
गाउँपालिकालाई संमृद्धितिर लैजान यहि पुल हो । अर्को कुनै बाटो छैन, सदरमुकाम जानका लागि पुल नबनेमा प्राकृतिक नाकाबन्दी टुट्दैन । त्यसकारण हामी टापुमा बसेजस्तो भएका छौ । ‘स–साना खोलाले गर्दा बाहिर निस्कन नपाएका स्थानीयका लागि निर्माणाधिन यो पुल प्राकृतिक नाकाबन्दी तोड्ने पुल हुनेछ ।’ गाउँपालिका अध्यक्ष राईले भने, ‘सदरमुकाम नजिक रहेको गाउँपालिका भए पनि जानआउन छोटो दुरीको सडकमा पुल नहुंदा भनेजस्तो काम गर्न सकिएको छैन।’
स्थानीय सरकारको बारम्बारको अनुगमन, चासो र चिन्ताबाट पुलले आकार लिएपछि स्थानीय सरकारको चौतर्फी प्रशंसा बढेको छ। आफूहरुको शास्ती हट्ने भएपछि गाउँपालिकाबासीहरु हर्षित छन् । सामाजिक सञ्जालमा पुल ढलान हुंदै गरेको फोटो राखेर खुशी साटिरहेका छन् । उक्त रुटको साप्सुखोलामा पुल नहुँदा सो गाउँपालिकासहित खोटेहाङ, जन्तेढुंगा र बराहपोखरी गाउँपालिकालाई बिकासे काम गर्न बाधक बनेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology