समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यालयलाई आर्थिक सहयोग गरेको छ। हावाहुरीले विद्यालयको छानाको जस्तापाता उडाएपछि समस्यामा परेको महेन्द्रोदय माध्यमिक विद्यालय याम्खालाई आर्थिक सहयोग गरेको हो।
शुक्रबार विद्यालयमा पुगेर गाउँपालिकाले २५ हजार आर्थिक सहयोग गरेको गाउँपालिकाका आईटी अफिसर मणिचन्द्र राईले जानकारी दिए ।
आईटी अफिसर राईका अनुसार गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले सहयोग रकम विद्यालयका प्रधानाध्यापक विष्णु बहादुर कार्कीलाई प्रदान गरेका छन्।
१७ चैतमा आएको हावाहुरीले विद्यालयको छानाको जस्तापाता उडाएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology