• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मौरी पालनलाई व्यवसायिक बनाउन तालिम

मौरी पालनलाई व्यवसायिक बनाउन तालिम


समायोजन खबर
  • आइतबार, चैत्र २९ २०७७

  • समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले मौरी पालन सम्बन्धि तालिमको आयोजना गरेको छ । गाउँपालिकाको सातै वडाका मौरी पालकहरुको लागि गाउँपालिकामा दुईदिने तालिमको आयोजना गरेको हो।

    गाउँपालिकाको सभाहलमा आईतबारवाट सुरुवात भएको तालिमको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले उद्घाटन गरेका छन् । तालिममा ४२ जना मौरी पालन गर्दै आएका कृषकहरुले सहभागिता जनाएको छ । मौरी विकास केन्द्र गोदावरीवाट अवकासप्राप्त विज्ञ सिताराम ढकालले तालिमको सहजिकरण गर्नुभएको छ।

    तालिममा मौरीको परिचय, मौरी पालनका लागि हावा पानी उपर्युक्त छ/छैन, मौरी चिन्ने तरिका, मह काढ्ने तरिका, रानो बनाउने तरिका, आधार चाका वनाउने, मौरीको गोला निर्धारण गर्ने जस्ता कुरा दिईनेछ । सहभागीहरुलाई आधुनिक घारसहित तालिम दिईएको गाउँपालिकाका कृषि शाखा संयोजक सरगम वुढाथोकीले बताईन्।

    मौरीपालन सम्बन्धि व्यवहारिक ज्ञान सिकाई, आधुनिक घारको प्रयोगमा वृद्धि, मह उत्पादन बढाउन तथा आगामी आर्थिक वर्षमा मौरीपालन सम्बन्धि अनुदानको कार्यक्रम विस्तार गरी मौरी पालक कृषकहरुलाई थप व्यवसायीक बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष राईले बताए।

    कृषि शाखा संयोजक वुढाथोकीको अध्यक्षतामा भएको तालिममा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष सपना राई, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल, वडाध्यक्षहरू ईन्द्र बहादुर बस्नेत, लोकेन्द्र राई, पूर्ण बहादुर खड्का, वडा सदस्य अमृत गिरी लगायतको उपस्थिती थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology