• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साप्सुखोला पुल : फर्मा बिछ्याउने काम सुरु [फोटोफिचर]

साप्सुखोला पुल : फर्मा बिछ्याउने काम सुरु [फोटोफिचर]


समायोजन खबर
  • शनिबार, फाल्गुन १ २०७७

  • स्काफ फोल्डिङको काम सकेर फर्मा विछ्याउने काम गरिदै ।

    समायोजन खबर खोटाङ, खोटाङको साप्सुखोलामा निर्माणाधिन मोटरेबल पक्की पुलको स्ल्याव ढलानका लागि फर्मा बिछ्याउने काम धमाधम सुरु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको सिमाना साप्सुखोलास्थित बाटोफेदीमा निर्माणधिन पुलको स्काफ फोल्डिङको काम सकेर फर्मा बिछ्याउने काम धमाधम सुरु भएको हो ।दिप्रुङ चुइचुम्मा गाउँपालिकाले निर्माण गरिरहेको ४० मिटर लम्बाई, ६ मिटर चौडाईको प्रिस्ट्रेल बिम मोटरेबल पुलको काम गत वर्षको कार्तिकबाट सुर्य एण्ड सन्स प्रालिले गरिरहेको छ । दुईपट्टीको पिल्लर ठडाईएर स्काफ फोल्डिङको काम सकेर फर्मा बिछ्याउने काम धमाधम सुरु भएको निर्माण कम्पनीका प्रोजेक्ट इन्चार्ज हरि बरालले बताए ।

    प्रोजेक्ट इन्चार्ज बरालका अनुसार फागुनभरी रड बाँध्ने, फर्मा ठोक्ने, बिमहरुको रड बाँध्ने, बिमहरुको फर्मा लगाउने, स्ल्यावको लागि रड बाँध्ने लगायतको काम हुनेछ । त्यसपछि भने तीव्र गतीमा पुलको स्ल्याव ढलान हुनेछ । प्रतिशतको आधारमा हालसम्म पुलको काम ३५ प्रतिशत भएको बरालले बताए ।भ्याटसहित ५ करोड ६० लाख १० हजार ५४५ रुपैयाँ लागतमा निर्माण भइरहेको पुलको काममा स्थानीय सडक पुल सहयोग ईकाई (एलआर बिपी)ले प्राविधिक सहयोग गरिरहेको छ । १७ जेठ २०७८ मा पुलको काम सक्नुपर्नेछ ।

    खाल्लेको आहालेबाट साप्सुखोला हुंदै याम्खासम्म गाउँपालिकाले विस्तार गरेको सवैभन्दा छोटो दुरीको सडकमा पर्ने साप्सुखोलामा हिउँदमा पानी घटेको बेला मात्र सवारी साधन चल्ने र अबको केही समयपछि वर्षाद सुरु भएसँगै यातायात ठप्प हुने गरेको छ ।गाउँपालिकालाई संमृद्धितिर लैजान यहि पुल हो । अर्को कुनै बाटो छैन, सदरमुकाम जानका लागि पुल नबनेमा प्राकृतिक नाकाबन्दी टुट्दैन । त्यसकारण हामी टापुमा बसेजस्तो भएका छौ । पुल तोकेको समयमा भन्दा छिटो बनाईसक्नुपर्छ दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले भने, ‘स–साना खोलाले गर्दा बाहिर निस्कन नपाएका स्थानीयका लागि निर्माणाधिन यो पुल प्राकृतिक नाकाबन्दी तोड्ने पुल हुनेछ ।’

    सदरमुकाम नजिक रहेको गाउँपालिका भए पनि जानआउन छोटो दुरीको सडकमा पुल नहुंदा भनेजस्तो बिकास गर्न नसकिएको गाउँपालिका अध्यक्ष राईको भनाई छ । साप्खुखोलामा पक्की पुल नहुनु नै सो गाउँपालिकासहित खोटेहाङ, जन्तेढुंगा र वराहपोखरी गाउँपालिकाका लागि बिकासको बाधक बनेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology