चिसाङ शेर्पा कार्तिक÷२० खोटाङ,
आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ढिलाइ हुँदा प्रदेशसभा र प्रतिनिधिसभा चुनावका मतदाता अलमलमा परेका छन् ।
चुनाव आउन २० दिन बाँकी रहँदासम्म दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा मतदाता शिक्षा कार्यक्रम सुरु नहुँदा मतदाता अलमलमा परेका हुन् । चुनावसम्वन्धी उठ्ने जिज्ञासा र अस्पष्टतालाई समाधान गर्दै मतदातालाई चुनावप्रति उत्प्रेरणा जगाउने गतिविधि सञ्चालनका लागि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरेको छ । तर, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न ढिलाइ हुँदा मतदाता अलमलको अवस्थामा रहेको एमालेका जिल्ला उपसचिव कुमार आचार्यले बताउनुभयो ।
चुनावप्रति मतदातालाई सचेत र जागरुक बनाउनका लागि निर्वाचन आयोगले ढिलाई गरेको कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयले भने कात्तिक २५ गतेदेखि मतदाता शिक्षा स्वयंसेवक खटाउने जनाएको छ । अघिल्लो दिन तालिम दिएर दोश्रो दिनदेखि मतदाता शिक्षाका लागि स्वयंसेवकलाई खटाइने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । गत स्थानिय तहमा मतदाता शिक्षा प्रभावकारी नहुंदा नै खोटाङमा धेरै मात्राका भोट वद्धर भएको थियो । गाउ कुनाकाप्चामा मतदाता शिक्षा नपुग्दा कतिपयले औठाछापले नै भोट लगाएका थिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology