समायोजन खबर खोटाङ, पत्रकार योगिन राईको निधन भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ३४ वर्षीय राईको बुधबार निधन भएको हो।
मंगलबार साँझ छाती दुख्यो भन्दै छट्पटाएपछि आराम गरेका राई साँझ साढे ७ बजे आराम गरेकै स्थानमा बेहोस अवस्थामा भेटिएका थिए। पारिवारिक स्रोतका अनुसार त्यसपछि अटोमा हालेर दिक्तेलस्थित फेमेली केयर अस्पताल उपचारमा लगिएको थियो।
फेमेली केयरबाट पुनः जिल्ला अस्पताल उपचारमा लगिएको थियो। अस्पतालमा आइपुग्दा नै राईको निधन भईसकेको अस्पताल स्रोतले जनाएको छ।
राई जिल्लामा लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो। कलाकारिता क्षेत्रमा जम्दै आएका उनले टिभी फिल्मीबाट चलचित्र पत्रकारिता सुरु गरेका थिए। राई नेपाल प्रेस युनियन खोटाङका सहसचिव हुन्। उनको निधनप्रति पत्रकारिता, कलाकारिता, राजनीतिक क्षेत्रका व्यक्तिहरुले दुःख व्यक्त गरेका छन्।
राईको कार्तिक २६ गते दिउँसो ३ बजे बाम्राङमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology