• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकार शेर्पा र अछामे पुरस्कृत

पत्रकार शेर्पा र अछामे पुरस्कृत


समायोजन खबर
  • शुक्रबार, बैशाख २८ २०८१

  • यातायात पुरस्कार ग्रहण गर्दै पत्रकार चिसाङ शेर्पा र सविना अछामे।

    समायोजन खबर खोटाङ, खोटाङमा पत्रकार चिसाङ शेर्पा र सविना अछामे पुरस्कृत भएका छन्। खोटाङ यातायात प्रालिको दशौं साधारणसभा तथा छैठौं जिल्ला अधिवेशनको अवसरमा उनीहरु पुरस्कृत भएका हुन्।
    शुक्रबार दिक्तेलस्थित समिक्षालय हलमा शेर्पालाई यातायात पुरस्कार र अछामेलाई यातायात महिला पुरस्कारबाट पुरस्कृत गरिएको प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए। पुरस्कार राशी पाँच/पाँच हजार रहेको छ।
    पत्रकारद्धयलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद सिटौला(सरोज) र खोटाङ यातायात प्रालिका अध्यक्ष टेकेन्द्र राईले दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरेका छन्। पत्रकार शेर्पा र अछामेले यातायात क्षेत्रमा कलम चलाएर पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै पुरस्कृत गरिएको अध्यक्ष राईले बताए।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथालका शेर्पा समायोजन खबर डटकमका सञ्चालक/सम्पादक हुन्। २०६५ सालबाट पत्रकारितामा सक्रिय शेर्पा हिमालय टाईम्स राष्ट्रिय दैनिक र एपीवान टेलिभिजनका जिल्ला संवाददाता तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सह–सचिव हुन्। अछामे नमस्ते खोटाङ डटकमका संवाददाता हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology