समायोजन खबर खोटाङ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले दुई कार्यविधि पारित गरेको छ। शाखाको १० औं साधारण सभाले पत्रकार आपतकालिन सहायता कोष र पत्रकारिता पुरस्कार कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि पारित गरेको हो।
जिल्ला समन्वय समितिको तालिम हलमा मंगलबार भएको साधारण सभाले पत्रकार आपतकालिन सहायता कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७८ र पत्रकारिता पुरस्कार कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ पारित गरेको महासंघले जनाएको छ।
पारित भएको आपतकालिन सहायता कोषले पत्रकारले आफ्नो कार्य सम्पादन गर्दा हुनसक्ने सवारी तथा अन्य दुर्घट्ना भई मृत्यु भएमा निजको परिवारलाई ५० हजार, आगलागी, बाढिपहिरो, चट्याङ, हुरीवतासको कारण नीजि घरमा क्षति पुगेमा वा पत्रकारका परिवार बिरामी भएमा १५ हजार, राज्यले निर्धारण गरेको जटिल किसिमका रोग लागेर उपचार गराउनुपर्ने भएमा ५ देखि १५ हजारसम्म राहत कोषबाट उपलब्ध गराउने र उपचार गराईरहेका पत्रकारहरुको बचाउका लागि छुट्टै अभियान सञ्चालन गरी सहयोग रकम जुटाउने महासंघका अध्यक्ष दिलीप खत्रीले बताए।
पत्रकारिता पुरस्कार कोषले जिल्लामा रहेर पत्रकारिताको क्षेत्रमा क्रियाशिल पत्रकारहरुले विभिन्न विषयमा खोज तथा अनुसन्धान गरी पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणका लागि योगदान पु¥याए वापत एकजना पत्रकारलाई प्रत्येक साधारण सभामा पुरस्कृत गर्नेछ।
महासंघका अध्यक्ष खत्रीको अध्यक्षतामा भएको साधारण सभाको प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले उद्घाटन गरेका थिए। पत्रकारहरुले सत्यतथ्यमा रहेर विकास निर्माण, समाज रुपान्तरण, भ्रष्टाचार, विकृति, विसंङगी विरुद्ध आवाज उठाउनुपर्ने कार्यक्रमकामा सहभागीहरुले बताएका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology