• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकारिता पेसामाथि धावा बोल्ने विरुद्ध कानूनी कदम चाल्छौ : महासंघ

पत्रकारिता पेसामाथि धावा बोल्ने विरुद्ध कानूनी कदम चाल्छौ : महासंघ


समायोजन खबर
  • मंगलबार, पौस २२ २०८२

  • समायोजन खबर खोटाङ, खोटाङमा पत्रकार र पत्रकारिता पेसामाथि धावा बोल्ने विरुद्ध कानूनी कदम चालिने भएको छ।

    पत्रकार महासंघको कार्यालयमा महासंघको नेतृत्वमा मंगलबार बसेको बैठकले पत्रकार र पत्रकारिता पेसामाथि धावा बोल्ने जो कोही विरुद्ध कानूनी कदम चाल्ने निर्णय गरेको हो।

    पछिल्लो समयमा पत्रकारिता पेसालाई कमजोर बनाउने उद्देश्यले सामाजिक सञ्जालमार्फत आक्रमण गर्ने प्रवृत्ति बढेकाले त्यसलाई निरुत्साहित गर्न कानूनी कदम चाल्ने निर्णयमा पुगिएको महासंघका अध्यक्ष हरिबोल आचार्यले बताए।आचार्यका अनुसार बिना प्रमाण, बिना आधार र पुष्टि बिना पत्रकार र पत्रकारिता पेसामाथि सामाजिक सञ्जालमार्फत आक्रमण गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको पहिचान गर्ने काम सुरु गरिएको छ।
    पत्रकार र पत्रकारिता पेसामाथि आक्रमण गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको पहिचान गरी प्रमाणका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरिएको महासंघका सचिव राजकुमार भट्टराईले जानकारी दिए। विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दामा दोषी ठहरिएमा तीन वर्षसम्म कैद सजाय तथा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ।

    बैठकले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सफल बनाउन आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने गराउने निर्णय पनि गरेको छ। बैठकमा महासंघका पदाधिकारी, निवर्तमान अध्यक्ष दिलीप खत्री, पूर्वअध्यक्षहरु डम्बर सिं राई, दमन राई, प्रेस युनियनका सभापति उत्तम चौलागाई लगायतको उपस्थिति थियो।

    यसैबीच, महासंघकै नेतृत्वमा जिल्लाका क्रियाशिल पत्रकारहरुले १४ पुसदेखि प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुभएका रेखा कँडेललाई जिल्लाको समस्याका बारेमा ध्यानाकर्षण गराएका छन्। प्रजिअ कँडेलले पत्रकारहरुले राखेका समस्या समाधान गर्दै पत्रकारहरुको सुरक्षा तथा जिल्लामा सुशासन कार्यम गर्नमा आफू प्रतिवद्ध रहेको बताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology