• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकार ठटाल र राई नगदसहित सम्मानित

पत्रकार ठटाल र राई नगदसहित सम्मानित


समायोजन खबर
  • मंगलबार, असोज १ २०८१

  • समायोजन खबर खोटाङ, राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा खोटाङले पत्रकार राजन ठटाल र कृष्णकला राई (सुनिता)लाई नगदसहित सम्मान गरेको छ।

    संघको दोश्रो जिल्ला अधिवेशनका अवसरमा मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार ठटाल र पत्रकार राईलाई जनही दुई हजार पाँच सयसहित सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको संघका जिल्ला अध्यक्ष सविना परियारले बताए।पत्रकारिताको माध्यमबाट समाज परिवर्तन र दलित समुदायको प्रतिनिधित्व गर्दै दलित शसक्तिकरणको क्षेत्रमा कलम चलाएर समतामूलक समाज निर्माणका लागि महत्वपूर्ण योगदान पु¥याएकाले सम्मान गरिएको जनाईएको छ।

    रावाबेशी गाउँपालिका–१ कुभिण्डेका पत्रकार ठटाल इफोकस न्युजका अध्यक्ष, एभिन्युज टेलिभिजन र हिमशिखर टेलिभिजनका जिल्ला संवाददाता हुन् भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी राई खोटाङटुडे डटकमका सञ्चालक र पत्रकार महासंघ जिल्ला शाखा खोटाङका उपाध्यक्ष हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology