समायोजन खबर खोटाङ, दशैंको अवसरमा प्रेस चौतारी नेपाल खोटाङ शाखाले शुभकामना आदानप्रदान गरेको छ।
सुरु भएको दशैं तथा आउँदै गरेको शुभ दिपावली र छठ पर्वको अवसर पारेर बिहीबार हलेसी न्युज नेटवर्कको कार्यालय दिक्तेल भवनगैरामा कार्यक्रम गरी शुभकामना आदानप्रदान गरेको हो।
प्रेस चौतारी खोटाङका अध्यक्ष सिताराम राई(संन्जिप)को अध्यक्षतामा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकार सुर्य तामाङ, नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङका अध्यक्ष उत्तम चौलागाँई, प्रेस चौतारी कोशी प्रदेश कमिटी सदस्य लोकमणि रिजाल, श्रमजीवी मिडिया सञ्जालका अध्यक्ष भिम राईले शुभकामना मन्तव्य राखेका थिए।
यस्तै, प्रेस युनियन कोशी प्रदेश सदस्य खिलन राई, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य दमन राई, नेपाल पत्रकार महासंघ खोटाङ शाखा अध्यक्ष दिलीप खत्री र कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा प्रेस चौतारी कोशी प्रदेश सह–इन्चर्ज हरिवोल आचार्यले शुभकामना मन्तव्य राखेका थिए।
शुभकामना मन्तव्य राखेका वक्ताहरुले चाडवाडलाई भड्किलो नभई सौहार्द रुपमा मनाउन आग्रह गरेका छन्। पत्रकारहरुलाई विभिन्न व्यक्ति तथा दलको मान्छे भनेर ट्याग लाग्ने गरेको भन्दै त्यसबाट टाढा रहेर पत्रकारिता गर्न आग्रह गरेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology