समायोजन खबर खोटाङ, खोटाङका पत्रकार बद्री आचार्यलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङले आर्थिक सहयोग गरेको छ।
लामो समयदेखि स्वास्थ्यमा समस्या आई जिल्ला अस्पताल दिक्तेलमा उपचारपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा बहिनीको घरमा आराम गरिरहेका पत्रकार आचार्यलाई नेपाल पत्रकार महासंघ खोटाङको समन्वयमा इन्सेकले उपचार खर्चका लागि सोमवार दश हजार सहयोग गरेको हो।
पत्रकार महासंघ खोटाङ शाखाका साधारण सदस्य तथा खोटाङपोष्ट साप्ताहिक पत्रिकाका प्रधान सम्पादक रहेका आचार्यलाई उक्त रकमको चेक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले हस्तान्तरण गरेका हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology