• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वरिष्ठ पत्रकार आचार्यलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’

वरिष्ठ पत्रकार आचार्यलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’


समायोजन खबर
  • आइतबार, साउन १५ २०७९

  • पत्रकार कृष्ण आचार्यलाई पुरस्कार प्रदान गर्दै मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्य। तस्विर हरिबोल आचार्य।

    समायोजन खबर खोटाङ, ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ खोटाङका वरिष्ठ पत्रकार कृष्ण आचार्यलाई प्रदान गरिएको छ। प्रेस स्वतन्त्रता सेनानी आचार्यलाई पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्न पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो।

    शहीद मनोज जोशीको ३१ औं स्मृति दिवसको अवशरमा आइतबार दिक्तेलको अस्पतालचोकस्थित समाधिस्थलमा आयोजित माल्यार्पण एबं श्रद्धाञ्जलीसभा कार्यक्रममा पत्रकारिता क्षेत्रमा भिष्म पितामह भनेर चिनिने पत्रकार आचार्यलाई १० हजार राशीको पुरस्कार प्रदान गरिएको हो।
    कार्यक्रममा मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले पत्रकार आचार्यको अनुपस्थितिमा छोरा ओजनबाबु आचार्यलाई नगद पुरस्कार र सम्मान–पत्र हस्तान्तरण गरेका छन्।

    २०३२ सालदेखि झापाको विवेचना अर्धसाप्ताहिकबाट पत्रकारिता सुरु गरेका आचार्य हाल खोटाङखबर साप्ताहिकका प्रधान सम्पादकका रुपमा कार्यरत छन्।
    सक्रिय पत्रकारितामा ४७ वर्ष विताइसकेका पत्रकार आचार्यलाई २०७४ सालमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस स्वतन्त्रता सेनानीको सम्मान दिएको थियो।
    उनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा २०१२ साल साउन २ गते जन्मिएका हुन्। शहीद मनोजमार्ग सरसफाई, रक्तदान, अस्पतालका बिरामीलाई फलफुल वितरण लगायतका कार्यक्रम गर्दै जिल्लामा शहीद मनोज जोशी–झपेन्द्र कार्की स्मृति दिवस मनाइएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology