• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकारलाई ‘जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ’ सम्बन्धी तालिम

पत्रकारलाई ‘जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ’ सम्बन्धी तालिम


समायोजन खबर
  • मंगलबार, साउन ३ २०७९

  • तालिममा सहभागी पत्रकार ।

    समायोजन खबर खोटाङ, प्रदेश नं. १ का २८ जना पत्रकारलाई ‘जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ’ सम्बन्धी तालिम दिईएको छ। सोलुखुम्बु र ओखलढुंगा बाहेकका पत्रकारलाई जम्मा गरी दुई दिने तालिम दिईएको हो।

    राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र टेकु, युनिसेफको सहयोग तथा पत्रकार महासंघ प्रदेश नं. १ को संयोजनमा सुआहारा–२ कार्यक्रमको आयोजनामा बिराटनगरस्थित होटल इस्टर्न स्टारमा सोमबार र मंगलबार तालिम दिईएको सुआहारा–२ कार्यक्रमका जोखिम सञ्चार सह–संयोजक संघर्ष पन्तले जानकारी दिईन्।

    तालिमको सहजीकरण प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख डा.संगीता राई, सुआहारा–२ कार्यक्रमका वरिष्ठ सञ्चार प्रवन्धक इन्द्रध्वज क्षेत्री, सुआहारा–२ कार्यक्रमका प्रदेश संयोजक सुवास गौतम, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अधिकृत डा. शालिकराम धिताल, ‘भन्छिन् आमा’ रेडियो कार्यक्रम व्यवस्थापक पवन न्यौपाने र वरिष्ठ पत्रकार मोहन मैनालीले गरेका थिए।
    तालिममा ‘जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ’, पोषण किन महत्वपूर्ण ऐजेण्डा हो, स्वास्थ्य सम्बन्धी जानकारीका श्रोत, जोखिम सञ्चार र मानसिक स्वास्थ्य, जोखिम सञ्चार तथा कोभिड–१९ सञ्चारमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा केन्द्रको भूमिका लगायतका बारेमा जानकारी दिईएको थियो।

    पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष लिलाबल्लव घिमिरेको सभापतित्वमा भएको तालिमको स्वास्थ्य मन्त्रालय प्रदेश नं. १ का स्वास्थ्य सचिव डा. अनुज भट्टचनले उद्घाटन गरेका थिए। महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउनका लागि प्रदेश नं. १ को ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर र सोलुखुम्बुमा सुआहारा–२ कार्यक्रम सञ्चालन भइरहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology