• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकार चौलागाँईलाई ‘किरात राई खेलकुद पत्रकारिता पुरस्कार’

पत्रकार चौलागाँईलाई ‘किरात राई खेलकुद पत्रकारिता पुरस्कार’


समायोजन खबर
  • बुधबार, असार २२ २०७९

  • समायोजन खबर खोटाङ, पत्रकार उत्तम चौलागाँई किरात राई खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। संघको तेश्रो राष्ट्रिय महाधिवेशनको समापन समारोहमा चौलागाँई पुरस्कृत भएका हुन्।

    दिक्तेलस्थित बहुउद्देश्य कबर्ड हलमा बुधबार भएको समापन समारोहमा चौलागाँईलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान पत्र प्रदान गरेर पुरस्कृत गरिएको किरात राई खेलकुद संघले जनाएको छ।

    चौलागाँईलाई तेक्वान्दो ग्राण्ड मास्टर तथा सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राईले सम्मान पत्र र नगद पुरस्कार प्रदान गरेका हुन्।
    पत्रकारिताको माध्यमबाट जिल्लाको समग्र खेलकुद क्षेत्रको सुधार, वेतिथि विरुद्ध र सुशासनको पक्षमा अहोरात्र समाचार सम्प्रेषण गरी पु¥याउनु भएको योगदानको उच्च प्रशंसा गर्दै पुरस्कृत गरिएको किरात राई खेलकुद संघका नवनिर्वाचित अध्यक्ष सन्जय कुमार राई राईले बताए।
    पत्रकार चौलागाँई प्रभाव न्यूज डटकमका अध्यक्ष हुन्। उनी कान्तिपुर टेलिभिजनका जिल्ला संवाददाता हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology