• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्थानीय तहको निर्वाचनलाई लिएर पत्रकार महासंघले गर्‍यो अन्तरक्रिया

स्थानीय तहको निर्वाचनलाई लिएर पत्रकार महासंघले गर्‍यो अन्तरक्रिया


समायोजन खबर
  • बुधबार, चैत्र १६ २०७८

  • समायोजन खबर खोटाङ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै अन्तरक्रिया गरेको छ। महासंघको ६७ औं स्थापना दिवसको अवसरमा ‘स्थानीय तहको निर्वाचनमा पत्रकारहरुको भूमिका’ विषयमा जिल्लामा त्रियाशिल पत्रकार र सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको हो।

    महासंघको आयोजनामा जिल्ला समन्वय समितिको बैठक हलमा भएको अन्तरक्रियामा सहभागी पत्रकारहरुले निर्वाचनका समयमा कसैले कसैलाई आक्षेप नलाग्नेगरी सन्तुलन मिलाएर समाचार लेख्नुपर्ने निष्कर्ष निकालेका छन्।

    पछिल्लो समय पत्रकारिता गरिरहेका पत्रकारहरु राजनीतिमा सक्रिय देखिदा पत्रकारिता पेशा संकटमा पर्ने सम्भावना रहेको, पत्रकार आचारसंहिताको ख्याल नगरेको, मर्यादित पत्रकारिता नभएको लगायत अन्तरक्रियामा आवाज उठेको थियो। अन्तरक्रियामा उठेका सवालहरु मननयोग्य भएको र पत्रकारहरुले त्यसलाई सच्याउनुपर्ने पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष दिलीप खत्रीले बताए। पत्रकारले लेखेको कुनै पनि समाचारमा कसैले पनि औला ठड्याउने ठाउँ हुनु भएन। महासंघका अध्यक्ष खत्रीले भने, ‘पत्रकारहरुले नैतिकता र आचारसंहितामा जोड दिन आग्रह गर्छु।’

    महासंघको जिल्ला शाखाले कोरोना भाईरससँग लड्दै पेशागत संगठनहरुसँग भर्चुअल बैठक गरेर संकटका बेला स्वास्थ्य सावधानी कसरी अपनाएर कार्यसम्पादन गर्ने भनेर जोडिन प्रयास गरेको, अफ्ठ्यारोमा परेका पत्रकारका लागि सहयोग गर्ने उद्देश्यले पत्रकार आपतकालिन कोष स्थापना गरेको, पत्रकारको सुरक्षाका लागि एप्रोन तथा स्वास्थ्य सामग्री वितरण गरिएको र अफ्ठ्यारोमा परेका कही पत्रकारलाई आर्थिक सहयोग समेत गरिएको अध्यक्ष खत्रीले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology