Samayojan khabar

Advertisment

SKIP THIS

प्रगतिशिल लेखक संघको अध्यक्षमा सुवेदी

प्रगतिशिल लेखक संघको अध्यक्षमा सुवेदी


चिसाङ शेर्पा
  • शनिबार, पौस २८ २०७५

  • चित्रकुमार सुवेदी

    चिसाङ शेर्पा खोटाङ,

    प्रगतिशिल लेखक संघ खोटाङको अध्यक्षमा चित्रकुमार सुवेदी चयन भएका छन् । संघको तेस्रो जिल्ला सम्मेलनले सुवेदीलाई अध्यक्षमा चयन गर्दै १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । यससँगै २०६३ सालयता निस्क्रीय रहेको संघले पुर्णता पाएको छ ।

     

    संघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यमा शनिबार जिल्ला समन्वय समितिको हलमा सम्पन्न सम्मेलनबाट उपाध्यक्षमा मिनकुमार दाहाल, सचिबमा लोकेन्द्र राई सर्बाहारा,सह सचिबमा सिता थुलुङ र कोषाध्यक्षमा क्रान्ती श्रेष्ठलाई चयन गरेको छ । सम्मेलनबाट चयन भएका पदाधिकारीहरुलाई नेकपाका नेता दुर्गाजयन्ती राई, धु्रब बुढाथोकी, जलसेर राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजालले शुभकामना दिनुभएको थियो ।

    यसैविच, कार्यक्रमको अवसरमा भएको जिल्लाव्यापी खुल्ल कविता प्रतियोगितामा सिर्जना अधिकारी प्रथम, अनिश घिमिरे दोश्रो, रिमा राई तेश्रो र मौसम आचार्य सान्त्वना भएकी छिन् ।
    २०७५ पुस २८ गते साँझ ७ : ४८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology