Samayojan khabar

Advertisment

SKIP THIS

जिल्ला अस्पताललाई वेलफेयरको स्वास्थ्य सामग्री

जिल्ला अस्पताललाई वेलफेयरको स्वास्थ्य सामग्री




चिसाङ शेर्पा खोटाङ, ब्रिटिस गोर्खा वेलफेयर दिक्तेलले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट बच्न र यस विरुद्ध लड्नका लागि शनिबार बिहान स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
वेलफेयरले सर्जिकल मास्क ५ सय थान, डिस्पोजेबल सर्जिकल गाउन सय थान, फेस सिल्ड सय थान, एन ९५ मास्क सय थान, सर्जिकल ग्लोव्स २ सय जोर, सू कभर सय जोर, हेड क्याप सय थान, डिस्पोजेबल ग्लोव्स ५ सय जोर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जिल्ला अस्पताल खोटाङले जनाएको छ ।

उक्त स्वास्थ्य सामग्रीहरु ब्रिटिस गोर्खा वेलफेयर दिक्तेलका प्रमुख सुवास राईले अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य धु्रवलक्ष्मी राईलाई हस्तान्तरण गरेका थिए । प्राप्त स्वास्थ्य सामग्रीहरु अस्पतालले नै प्रयोग गर्ने जिल्ला अस्पताल खोटाङका निमित्त कार्यालय प्रमुख रविन फुयलले बताए ।२०७७ जेठ १० गते दिउँसो ४ :५२ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology