Samayojan khabar

Advertisment

SKIP THIS

अति समस्यामा परेकालाई राहत बाँड्दै गाउँपालिका

अति समस्यामा परेकालाई राहत बाँड्दै गाउँपालिका




चिसाङ शेर्पा खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले तेश्रो चरणको राहत वितरण सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउनबाट अति समस्यामा परेका नागरिकहरुलाई राहत वितरण सुरु गरेका हुन् ।
गाउँपालिकाले शनिबार वडा नं. १ याम्खाका ३०, वडा नं. २ डाडाँगाउँका ५२, वडा नं. ७ टेम्माका ३० घर परिवारलाई राहत वितरण गरेको गाउँपालिकाका सूचना अधिकारी मणिचन्द्र राईले जानकारी दिएका छन् । उनीहरुलाई प्रति परिवार २५ केजी चामल, १ केजी नुन, १ प्याकेट खाने तेल, २ केजी दाल र तरकारी वितरण गरिएको छ ।अति समस्यामा परेका नागरिकलाई राहत बाँड्दै गाउँपालिका उपाध्यक्ष सपना राई ।

राहत गाउँपालिका अध्यक्ष भुपेन्द्र राई, उपाध्यक्ष सपना राई, प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद दाहाल लगायतले वितरण गरेका हुन् । दलित, अल्पसंख्यकबाट छुटेका र विपन्न परिवारलाई राहत बाँड्न थालिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए।

यसअघि गाउँपालिकाले पहिलो चरणमा असंगठीत श्रमिक वर्ग, दलित सुमदाय, अल्पसंख्यक सिमान्तकृत, एकल महिला(कसैको पनि संरक्षणमा नबसेको), ‘क’ वर्गका अपांग (दलित/अल्पसंख्यकमा नपरेको), सुकुम्वासी र अति विपन्न ७ सय परिवार, काठमाण्डौमा लकडाउनले थुनिएका गाउँपालिकाका २०७, मोरङमा १७१ व्यक्ति तथा परिवारलाई राहत वितरण गरेको थियो । २०७७ जेठ १० गते दिउँसो ४ :४३ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology