Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा एकल महिला मृत फेला, हत्या आशंकामा युवा पक्राउ

खोटाङमा एकल महिला मृत फेला, हत्या आशंकामा युवा पक्राउ




समायोजन खबर खोटाङ,  खोटाङमा एकल महिला घरैमा मृत फेला परेकी छन् । खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीय एकल महिला रत्नकुमारी राई आज बिहान मृत फेला परेकी हुन् ।  दुई छोरीको बिवाह भइसकेको र श्रीमानको मृत्यु भइसकेको अवस्थामा एक्लै बस्दै आएकी राईको शव घाँटीको दायाँ साइडमा सामान्य चोट लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
एकल महिलाको हत्या गरेको आशंकामा सोही ठाउँका ३१ वर्षीय मुगाधन भनिने मुकेश राईलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायण चिमोरियाले बताए ।
आज बिहान ९ बजे एकल महिला मृत फेला परेको विषयमा प्रहरीलाई जानकारी प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय खोटाङबजार र प्रहरीचौकी सिमपानीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । शुक्रबार बिहान सिमपानीतर्फ जाँदै गर्दा अभियुक्तलाई प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको हो ।
महिलाको राती १० बजे घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महिलाको शव परिक्षण्का लागि जन्तेढुंगा गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।२०७७ जेठ ९ गते साँझ ६ : २८ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology