अपराधिक घट्ना हुनेतर्फ सचेत रहन आग्रह

अपराधिक घट्ना हुनेतर्फ सचेत रहन आग्रह




समायोजन खबर खोटाङ,
सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि देश लकडाउन गरेको छ । लकडाउनको अवधिमा अपराधिक क्रियाकलाप हुने सम्भावनातर्फ सचेत रहन कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले आग्रह गरेको छ ।

बुधबार बसेको बैठकले लअडाउनको अवधिमा विभिन्न अपराधिक घट्ना घट्न सक्ने सम्भावनातर्फ सचेत रहन आम नागरिक र सुरक्षा निकायलाई आग्रह गरेको छ । संकटको सामना गर्नेतर्फ सबैको ध्यान केन्द्रित भएको अवस्थामा अपराधिक घट्ना घट्ने वा घटाउन सक्ने सम्भावना पनि भएकाले सचेत रहन र सावधानी अपनाउन भनिएको जिल्ला समन्वय समितिका प्रमुख एबं कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक बबी चाम्लिङले बताए ।

लकडाउनको अवधिमा सुरक्षा निकाय थप सकर्त रहनुपर्ने बैठकको निष्कर्ष छ । बैठकले सबै स्थानीय तहले स्थापना गरेको राहत कोषमा रकम जम्मा गरेर कोरोना रोकथाम तथा नियन्त्रणका आवश्यक गतिविधिमा खर्च गर्न, हरेक स्थानीय तहलाई कम्तीमा ४० बेडको क्वारेन्टाइन बनाउन आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तै, स्वास्थ्य परिक्षणकाक्रममा स्वास्थ्यकर्मीले लगाउने पिपिई, मास्क, ग्लोव्स लगायतका सामग्री व्यवस्थापनका लागि आवश्यक रकम जुटाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र १ नम्बर प्रदेशको मूख्यमन्त्रीको कार्यालय समक्ष सहयोग माग गर्ने निर्णय गरिएको संयोजक चाम्लिङले बताए ।
२०७६ चैत्र १२ गते साँझ ६ :४२ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology