भारतबाट आएकालाई क्वारेन्टाइनमा राखियो

भारतबाट आएकालाई क्वारेन्टाइनमा राखियो

अनलाईन लोगो



समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले एकजना युवालाई क्वारेन्टाइनमा राखेको छ । स्वास्थ्य चौकी याम्खामा बुधबार ४० वेडको क्वारेन्टाइन निर्माण गरेर उनलाई राखिएको हो ।

केही दिन अघि भारतको वेष्ट बंगालबाट आएका याम्खाका ति युवालाई आजैबाट क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । उनी रोजगारीको सिलसिलामा भारत गएका थिए ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) जोखिमलाई ध्यानमा राखेर गाउँपालिकाले वैदेशिक रोजगारी र जिल्ला बाहिरबाट आएका व्यक्तिहरुलाई पहिचान गरि क्वारेन्टाइनमा राख्न सुरु गरेको हो । वैदेशकि रोजगारी र अन्य शहरबाट आएकाहरुको पहिचना भइसकेकाले अन्य थप व्यक्तिलाई पनि क्वारेन्टाइनमा राखिने तयारी भएको गाउँपालिका अध्यक्ष राईको भनाई छ ।

क्वारेन्टाइनमा आवश्यक पर्ने व्यवस्था मिलाएर २४ सै घण्टा स्वास्थ्यकर्मीको व्यवस्था मिलाइएको छ । पालिका प्रवेश गर्ने ४ वटा नाकाहरुमा पनि हेल्थ डेस्क स्थापना गरेर कडाइका साथ चेकजाँच भइरहेको जनाइएको छ ।
२०७६ चैत्र १२ गते साँझ ६ :१७ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology