हलेसीमा २० वेडको क्वारेन्टाइन

हलेसीमा २० वेडको क्वारेन्टाइन




चिसाङ शेर्पा खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले तीन स्थानमा २० वेडको क्वारेन्टाइन निर्माण गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संम्भावित जोखिमबाट बच्नका लागि महादेवस्थान र दुर्छिममा क्वारेन्टाइन बनाइएको हो ।

नगरपालिकाले स्वास्थ्य चौकी दुर्छिममा ४ वेड र स्वास्थ्य चौकी हलेसीमा ५ वेडको क्वारेन्टाइन बनाएपछि आज (बुधबार) जाम्बला रिसोर्टमा ११ वेडको क्वारेन्टाइन निर्माण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए । क्वारेन्टाइनका लागि आवश्यक सम्पूर्ण सामग्रीहरु जाम्बलाले उपलब्ध गराएको हो क्वारेन्टाइनको लागि रिसोर्ट उपलब्ध गराएकोमा नगरपालिकाले विशेष धन्यवाद दिएको छ । । स्वास्थ्यकर्मी, औषधि, उपचार, खाद्यन्नको भने नगरपालिकाले व्यवस्थापन गर्नेछ । शंकास्पद भेटिएमा क्वारेन्टाइनमा लगेर राखिने नगरप्रमुख राईले बताए ।

यस्तै, नगरपालिकाले नगर प्रवेश गर्ने नाकाहरु जयरामघाट, रेग्मीटार र हलेसी मन्दिर परिसरमा हेल्थ डेस्क स्थापना गरेर कोरोना भाइरस (कोभिड–१९) संक्रमण लक्षण देखिने १००.०४ डिग्री फरेनहाइट भन्दा माथि ज्वरो भए/नभएको, श्वास प्रश्वासमा अत्याधिक समस्या भए/नभएको चेकजाँच र विवरण संकलन गरिरहेको छ ।

यस्तै, कोरोना भाइरसबाट बच्न बचाउन सरकारले मंगलबारबाट १८ चैत्रसम्म गरेको लकडाउनलाई पुर्णरुपमा पालना गर्न नगरपालिकाले आम नागरिकलाई आग्रह गरेको छ । अत्यावश्यक काममा वाहेक घरभित्रै बसेर सहयोग गरिदिन नगरपालिकाले भनेको छ । कसैमा शंकास्पद लक्षण देखिएमा स्वास्थ्य संस्थामा जान र हल्लाको पछि नलाग्न समेत आग्रह गरेको छ ।
२०७६ चैत्र १२ गते बिहान ११ : १० मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology