नेकपा खोटाङले क्वारेन्टाइन बनाउन पार्टी कार्यालय उपलब्ध गराउने

नेकपा खोटाङले क्वारेन्टाइन बनाउन पार्टी कार्यालय उपलब्ध गराउने




समायोजन खबर खोटाङ, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) खोटाङले क्वारेन्टाइन बनाउनका लागि पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण मुलुकमा स्वास्थ्य संकट सिर्जना भएको अवस्थामा राज्यलाई साथ दिनुपर्ने बेला आएकाले दिक्तेलको भवनगैरामा रहेको पुष्पपाल स्मृति भवनलाई क्वारेन्टाइनकारुपमा उपयोग गर्नका लागि उपलव्ध गराउने घोषणा गरेको हो ।

नेकपाका अध्यक्ष देवान किराती पृथ्बी र सचिव रामप्रसाद दंगालले मंगलबार प्रेस विज्ञाप्ती जारी गर्दै संकटको घडीमा राज्यको हरेक कदममा साथ दिनु राजनैतिक पार्टी, संघसंस्था र जनताको दायित्व भएकाले आवश्यक परेको अवस्थामा क्वारेन्टाइनकारुपमा उपयोगका लागि आफ्नै पार्टी कार्यालय दिने घोषणा गरेको जानकारी दिएका छन् ।

नेकपाको यस घोषणासँगै तीन तले पक्की भवन क्वारेन्टाइनका लागि उपयोग गर्न सकिने भएको छ । ‘मुलुकमा यसबेला स्वास्थ्य संकलकाल लागू भएको छ । सम्पूर्ण सम्पत्तीमाथि राज्यको नियन्त्रण हुन्छ । राज्यले आवश्यक ठानेको अवस्थामा निजी सम्पत्ती उपयोग गर्न सक्छ,’ विज्ञाप्तीमा भनिएको छ, ‘संकटको यो घडीमा राज्यलाई साथ दिनु सबैको दायित्व हो । यो महामारीको सामना गर्न राज्यलाई जस्तोसुकै सहयोग गर्न प्रतिवद्ध छौँ ।’ नेकपाले संकटको घडीमा सरकारलाई सहयोग गर्न अपिल गरेको छ ।
२०७६ चैत्र ११ गते राती ८ :४६ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology