३६ वेडको क्वारेन्टाइन निर्माण

३६ वेडको क्वारेन्टाइन निर्माण




चिसाङ शेर्पा खोटाङ,खोटाङको सदरमुकाम तथा मुख्य व्यापारिक केन्द्र दिक्तेलबजार परिसरमा ३६ वेडको क्वारेन्टाइन निर्माण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा माटिकोरेस्थित कभर्डहलमा आज (मंगलबार) क्वारेन्टाइन निर्माण गरिएको हो ।क्वारेन्टाइनमा बेड बनाउन सरस्वती नमुना माविले बेन्च, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दिक्तेलले ओछ्याउने तकिया र ओढ्ने सिरक, सिरानी, तन्ना, स्वास्थ्यकर्मी, औषधि, खाद्यन्नजस्ता आवश्यक वस्तुहरुको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वन्दोवस्त मिलाएको जनाएको छ ।

क्वारेन्टाइन निर्माणमा नेपाली सेनाले सहयोग गरेको थियो । क्वारेन्टाइनमा कोरोना भाइरसको लक्षण नदेखिएको भए पनि प्रभावित क्षेत्रबाट आएको १४ दिनभित्रका व्यक्ति र कोरोना भाइरस व्यक्तिको सम्पर्क भएको व्यक्तिलाई राखिने जिल्ला अस्पताल दिक्तेलका मेडिकल सुपरीटेन्डेन शैलेस श्रेष्ठले बताए ।
२०७६ चैत्र ११ गते साँझ ६ : २६ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology