प्रतिनिधिसभा सदस्य भट्टराईले कोरोना रोकथाम कोषमा महिना दिनको पारिश्रमिक दिने

प्रतिनिधिसभा सदस्य भट्टराईले कोरोना रोकथाम कोषमा महिना दिनको पारिश्रमिक दिने




समायोजन खबर खोटाङ,
खोटाङबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोष’लाई महिना दिनको पारिश्रमिक दिने घोषणा गरेका छन् ।

कोरोना भाइरसबाट आतंकित नभइ सर्तकता अपनाउन आग्रह गर्दै भट्टराईले आफूले पाउने एक महिनाको पारिश्रमिक दिने घोषणा गरेका हुन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि सरकारले उक्त कोष निर्माण गरेको हो ।

नेकपाबाट निर्वाचित भएका भट्टराईले कोरोना भाइरसको त्रासले हैन साहसले, बेवास्ताले हैन सचेतनाले आफूलाई बचाउँदै अरुलाइ पनि बचाउन सरकारले अघि सारेका निर्देशनको परिपालन गर्नु र हरेकले आत्मनियन्त्रीत र आत्मानुशासित हुन आवस्यक रहेको बताएका छन् ।२०७६ चैत्र ११ गते मध्यान्ह १ :२४ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology