लकडाउन प्रभाव : सुनासन दिक्तेलबजार

लकडाउन प्रभाव : सुनासन दिक्तेलबजार




समायोजन खबर खोटाङ, खोटाङमा पनि आज बिहानैबाट लकडाउनको असर देखिएको छ । जिल्लाको सदरमुकाम दिक्तेलसहित प्रमुख व्यापारिक केन्द्रहरुमा चहलपहल शुन्यजस्तै छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न र बचाउन सरकारले आज बिहान ६ बजेदेखी देश लकडाउन गरेपछि खोटाङमा मानिसहरु घरबाट बाहिर निस्केका छैनन् ।

अत्यावश्यक काममा बाहेक ननिस्कन प्रहरीले मुख्यमुख्य बजारहरुमा माइकिङ गर्ने, बाटोमा चेकिङ गर्ने, स्थानीय तह र प्रहरी चौकीबाट गाउँ गाउँसम्म माइकिङ गर्ने र नाका प्रवेशमा रोक लगाएको छ । खाद्यन्न, इन्धन, औषधि वोक्ने सावरी साधनलाई निर्वाध रुपमा चल्न दिइएको छ । आकस्मिक सेवामा हिडेका गाडीलाई भने पास दिएर सुविधा दिएको प्रहरीले जनाएको छ । सरकारले १८ चैत्र साँझ ६ वजेसम्म नेपाल लकडाउन गरेको छ ।
२०७६ चैत्र ११ गते बिहान ११ :२२ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology