अनिश्चकालका लागि कराते प्रशिक्षण स्थगित

अनिश्चकालका लागि कराते प्रशिक्षण स्थगित




समायोजन खबर खोटाङ, नेपाल सितोरियो कराते संघ खोटाङले आफ्ना मातहतका सम्पूर्ण डोजोहरुमा प्रशिक्षण स्थगित गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न र बचाउन अर्को सूचना प्रकाशित नभएसम्मका लागि सोमबारबाट प्रशिक्षण स्थगित गरेको हो ।

चीनको वुहानबाट सुरु भएको प्राणघातक कोरोना भाइरसले १६२ मुलुक प्रभावित भएको र यसबाट नेपाल पनि उच्च जोखिममा रहेको हुनाले नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्धारा जारी निर्देशन बमोजिम संघसँग आवद्ध सम्पूर्ण डोजोहरुको प्रशिक्षण अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए ।

जिल्लाको मुख्य डोजो माटिकोरे, माउण्ट एभरेष्ट बोर्डिङ स्कुल, जालपा, वाक्सिला, हलेसी तुवाचुङस्थित दुर्छिम मावि र महेन्द्रोदय मावि हलेसीमा प्रशिक्षण हुँदै आएको थियो ।
२०७६ चैत्र १० गते राती ८ :२३ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology