खोटाङमा भोलीबाट ३६ वेडकोे क्वारेन्टाइन बनाइदै

खोटाङमा भोलीबाट ३६ वेडकोे क्वारेन्टाइन बनाइदै




समायोजन खबर खोटाङ, खोटाङमा भोली (मंगलबार)बाट ३६ वेडको क्वारेन्टाइन निर्माण गरिने भएको छ । विश्वभरी महामरीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा क्वारेन्टाइन निर्माण गरिने भएको हो ।

सोमबार जिल्ला समन्वय समितिको कार्यालयमा बसेको बैठकले क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले जानकारी दिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटीले क्वारेन्टाइन निर्माणमा भूमिका निर्वाह गर्नेछ । भोलीबाटै क्वारेन्टाइन बनाउन सुरु हुने जिसस प्रमुख राईको भनाई छ ।

यस्तै, चाम्लिङको संयोजकत्वमा (कोभिड–१९) रोकथाम नियन्त्रण जिल्ला समन्वय समिति गठन पनि गरिएको छ । समितिमा दश स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, शसत्र प्रहरी, राष्ट्रिय अनुसन्धान, जिल्ला अस्पताल, रेडक्रस र उद्योग बाणिज्य संघका प्रमुख सदस्य रहने गरि समिति गठन गरिएको हो ।

यसैविच, जिल्लामा अत्यावश्यक बाहेकका सेवा प्रवाहमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल शर्माले जानकारी दिए । दैनिक उपभोग्य बस्तुबाहेक अन्य पसलहरु संचालन नगर्न सवैमा अनुरोध गरिएको छ प्रजिअले भने ।
२०७६ चैत्र १० गते साँझ ७ :३३ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology