सरकारी कार्यालय बन्द गरिँदै, कर्मचारीलाई घरमै तयारी अवस्थामा राखिने

सरकारी कार्यालय बन्द गरिँदै, कर्मचारीलाई घरमै तयारी अवस्थामा राखिने




समायोजन खबर काठमाडौं,सरकारले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने भएको छ । ती कार्यालयबाट सेवा प्रवाह बन्द गर्ने तर कर्मचारीले कार्यालयमा हाजिर हुने भनिए पनि कार्यालय खुलेपछि सेवाग्राही पुग्ने भएकाले कर्मचारीलाई नै विदा दिन लागिएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठक अहिले सिंहदरवारमा बसिरहेको छ । सो बैठकले कर्मचारीलाई घर घरमै तयारी अवस्थामा बस्ने तर कार्यालय आउन नपर्ने गरी निर्देशन दिने तयारी छ । कार्यालय प्रमुख र उच्च पदस्थ कर्मचारीको हकमा भने विदा हुने छैन ।

सबै कार्यालय बन्द नगर्दासम्म सडकमा र सार्वजनिकस्थलमा सर्वसाधारणको आवागमन नरोकिएको कारण कर्मचारीलाई विदा दिन लागिएको हो । स्रोतका अनुसार मंगलबारदेखि सर्वसाधारणलाई घरभित्रै रहनु पर्ने गरी विशेष निर्णय हुँदैछ । प्रहरीले घर बाहिर ननिस्कन र अत्यावश्यक कामबाहेक घरमै बस्न टोलटोलमा माइकिङ समेत गर्दैछ । २०७६ चैत्र १० गते साँझ ६ :३६ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology