जयरामघाटमा हेल्थ डेस्क

जयरामघाटमा हेल्थ डेस्क




चिसाङ शेर्पा खोटाङ,
हलेसी तुवाचुङ नगरपालिकाले नगरपालिका प्रवेश गर्ने प्रमुख नाका बाहुनीडाँडाको जयरामघाटमा हेल्थ डेस्क स्थापना गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए/नभएको जाँचका लागि नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेको हो ।

शनिबार स्थापना गरिएको हेल्थ डेस्कको वडाध्यक्ष रुद्र कुमार राई, सामाजिक विकास शाखा संयोजक किशोर कुमार बस्नेत लगायतले उद्घाटन गरेका छन् । हेल्थ डेस्कमा ८/८ घण्टाको फरकमा तीन सिफ्टमा तीनजना स्वास्थ्यकर्मी राखिएको छ । हालका लागि स्वास्थ्यकर्मी सन्तोष शाह, मदन पण्डित छन् । अर्कोजना स्वास्थ्यकर्मीको भोली व्यवस्थापन गरिने नगरका स्वास्थ्यकर्मी प्रकाश घिमिरेले जानकारी दिए ।

काठमाण्डौ र तराईबाट आउने बस पुलपारी रोकिने र पुल वारीसम्म थोरै थोरै दुरीमा यात्रुलाई हेल्थ डेस्कसम्म सुरक्षाकर्मीले व्यवस्था मिलाएर इन्फारेट थर्मोमिटरबाट ज्वरो नापिने र शंकाको घेरामा भए उनको नाम राखिने छ । करीव १२ वटा गाडी चेकजाँच गर्दा कसैमा शंका नदेखिएको जनाइएको छ । नगरको अर्को प्रमुख नाका राजापानीको रेग्मीटारमा भोली हेल्थ डेस्क स्थापना गरिने हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।

यसबाहेक, जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले हलेसी मन्दिर परिसर, जन्तेढुंगा गाउँपालिकाले बंशिलाघाट, खोटेहाङ गाउँपालिकाले लिच्कीराम्चेको रसुवाघाट, ऐंसेलुखर्क गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र र रावाबेंशी गाउँपालिकाले लामिडाँडा विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेर सञ्चालनमा ल्याइसकेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले जानकारी दिए ।
२०७६ चैत्र ८ गते दिउँसो २ : ५९ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology