अवैध घरेलु मदिरा नष्ट

अवैध घरेलु मदिरा नष्ट




चिसाङ शेर्पा खोटाङ,
खोटाङमा अवैध रुपमा विक्रीमा राखिएको घरेलु मदिरा नष्ट गरिएको छ । बिहीबार (आज) दिक्तेलबजार अनुगमन गर्दा फेला परेका अवैध मदिरा खाल्डो खनेर पोखाएर नष्ट गरिएको हो ।

अनुगमनका क्रममा फेला परेको नौ हजार रुपैयाँ बराबरको ६० लिटर घरेलु मदिरा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका परिसरमा नष्ट गरिएको हो । यस्तै, म्याद गुज्रेका रारा चाउचाउ ८ पोका, बेसार १ केजी, रियल जुस २ वटागरी अनुमानित साढे पाँच सय रुपैयाँको खाद्यन्न सामग्री जलाएर नष्ट गरिएको छ ।जिल्ला प्रशासन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, करदाता सेवा कार्यालय, घरेलु तथा साना उधोग, उधोग वाणिज्य संघले संयुक्तरुपमा बजार अनुगमन गरेको थियो । यसैविच, दिक्तेलबजारमा महिनादिनलाई पुग्ने खाद्यन्न सामग्री स्टक रहेको करदाता सेवा कार्यालय खोटाङका कर अधिकृत गोपाल राईले जानकारी दिए ।
२०७६ चैत्र ६ गते अपरान्ह ४ : ४७ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology