कोरोना त्रास : शुक्रबारदेखी त्रिविका सबै परीक्षा स्थगित

कोरोना त्रास : शुक्रबारदेखी त्रिविका सबै परीक्षा स्थगित




समायोजन खबर काठमाडौं,

त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखिका सबै पठन पाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले पठन पाठन र सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले बिहीबारदेखि हुने एसईई परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको थियो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना संक्रमणको जोखिम हुने भन्दै एक ठाउँमा २५ जना भन्दा बढी मानिसको भेला हुन प्रतिबन्ध लगाएको छ । मानिसहरुलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

२०७६ चैत्र ६ गते दिउँसो २:१८ मा प्रकाशित

 

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology