एसइई स्थगित भएपछि केन्द्राध्यक्षलाई फोन, परिक्षार्थीमा मानसिक तनाव

एसइई स्थगित भएपछि केन्द्राध्यक्षलाई फोन, परिक्षार्थीमा मानसिक तनाव




समायोजन खबर खोटाङ,
सरकारले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परिक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेपछि खोटाङका सवै केन्द्राध्यक्षलाई फोन गरेर सूचना प्रवाह गरिएको छ । जिल्ला प्रशासन कार्यालयको रोहवरमा शिक्षा विकास तथा समन्वय इकाई दिक्तेलले २३ वटा परिक्षा केन्द्रमा खटेका केन्द्राध्यक्षलाई बुधबार साँझबाट फोन गरी एसइई स्थगित भएको सूचना परिक्षार्थीहरुसम्म पु¥याउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

यसवर्ष खोटाङबाट ३ हजार ६ सय ८४ जना परिक्षार्थीमध्ये रेगुलरतर्फ ३ हजार ४२५ जना, प्राविधिक धारतर्फ ६४ जना र ग्रेड बृद्धितर्फ १९५ जनाले एसइई परिक्षार्थी थिए । देशभरबाट करिब ५ लाख विद्यार्थीले एसईई दिँदै थिए । एसइई परिक्षा ६ चैत्रबाट तोकिएको थियो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले बुधबार साँझ एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी गराएका थिए । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । सवै तयारी सकिएपछि सरकारले गरेको निर्णयले घरभन्दा टाढा परिक्षा केन्द्र पुगेका विधार्थीहरु नराम्ररी प्रभावित भएको छ । उनीहरु पैसा, यातायात र मानसिक रुपमा नराम्ररी प्रभावित भएको अभिभावहरुको गुनासो छ ।
२०७६ चैत्र ५ गते राती ८ : ३४ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology