विश्वविद्यालयका सबै परीक्षा रोक्ने सरकारको निर्णय

विश्वविद्यालयका सबै परीक्षा रोक्ने सरकारको निर्णय




समायोजन खबर काठमाडौं,

सरकारले विश्वविद्यालयकासबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको बताए ।

यसअघि सत्तारुढ नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सुझाव दिएपछि एसईई परीक्षा स्थगित भइसकेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।

यसअघि विश्वविद्यालयको परीक्षासम्बन्धमा निर्णयका लागि बिहीबार पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालयमाबोलाउने भनिएको थियो । तर, केही घन्टापछि परीक्षा रोक्ने निर्णय भएको हो । २०७६ चैत्र ५ गते साँझ ७ :५० मा प्रकाशित

 

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology