आगलागी हुँदा चार घर जल्यो, नगरपालिकाको सहयोग

आगलागी हुँदा चार घर जल्यो, नगरपालिकाको सहयोग




समायोजन खबर खोटाङ,
आगलागी हुँदा खोटाङमा चार घर जलेको छ । केटाकेटीले आगो खेलाउँदा हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले हात्तीटारका लोकेन्द्र माझी, जोखे माझी, सितादेबी माझी र झनबहादुर थापाको घर जलेर नष्ट भएको हो । आगलागीमा झनबहादुरको अनुमानित ८ लाख, लोकेन्द्रको ५ लाख, जोखेको ५ लाख र सितादेबीको करिब ४ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट विस्थापितलाई बुधबार हलेसी तुवाचुङ नगरपालिकाले खाद्यान्न तथा बन्दोवस्तीका सामान प्रदान गरेको छ । आगलागी पिडितलाई नगरपालिकाकातर्फबाट जनही २० केजीका दरले चामल, दाल, नुन, तेल, भाँडाकुँडा, त्रिपाल, कम्बल लगायतका राहत सामग्री प्रदान गरिएको नगरप्रमुख इवन राईले बताए ।

यस्तै, सल्लेस्थित वडा स्तरिय विपद व्यवस्थापन कोषबाट वडाध्यक्ष काशीराज राईले अग्नी पिडितलाई प्रतिपरिवार ३ हजारका दरले रकम प्रदान गरेका छन् । स्थानीय दुधकोसी युवा क्लवले पनि आगलागीबाट विस्थापित परिवारका लागि अस्थायी आवास एबं खाद्यान्न सहयोग गरेको जनाइएको छ । आगलागीमा धनमाल नष्ट भएपछि स्थानीयको बिचल्ली भएको छ ।
२०७६ चैत्र ५ गते साँझ ५ : १३ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology