परिक्षाको बहानामा विधार्थीबाट उठाइएको रकम फिर्ता गर्न नेविसंघ खोटाङको माग

परिक्षाको बहानामा विधार्थीबाट उठाइएको रकम फिर्ता गर्न नेविसंघ खोटाङको माग




चिसाङ शेर्पा खोटाङ,
सामुदायिक विद्धालयहरुले परिक्षा शुल्कको बहानामा विधार्थीबाट शुल्क लिई संविधान उल्लंघन र विधार्थी विरुद्ध विद्धालय गएको भन्दै नेपाल विधार्थी संघ (नेविसंघ) खोटाङले उठाइएको रकम यथाशिघ्र विधार्थीहरुलाई नै फिर्ता गर्न माग गरेका छन् ।

नेपालको संविधान २०७२ को धारा ३१ (२) बमोजिम मौलिक हर र कर्तव्य अन्तर्गत राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य निःशुल्क एवंम् माध्यमिक तहसम्मको शिक्षा निःशुल्क किटान गरेको भएपनि सामुदायिक विद्धालयहरुले कक्षा–१ देखी कक्षा–९ सम्मको वार्षिक परिक्षा लगायत विभिन्न वहानामा विधार्थीबाट जथाभावी शुल्क उठाइएको पाइएकाले शिघ्ररुपमा उठाइएको रकम विधार्थीलाई फिर्ता गराउन सम्बन्धित पालिका र विद्धालय प्रशासनलाई नेविसंघले आग्रह गरेको छ ।

मंगलबार विधार्थी नेताहरुले दुई नगरपालिका र आठ गाउँपालिकामा ज्ञापन पत्र बुझाउँदै आफ्नो क्षेत्राधिकारभित्र विद्धालयहरु रहेपनि संविधानमा उल्लेख भए अनुसार विद्धालयहरुको व्यवस्थापन र विधार्थीहरुको अधिकारको रक्षा गरी पुर्णरुपमा संविधानको कार्यान्वयन गर्न/गराउन जोडदार माग गरेको छ ।

नेविसंघको यस अभियानलाई बेवास्ता गर्दै आगामी शैक्षिक सत्रहरुमा पनि विधार्थीवाट विभिन्न वहानामा शुल्क अशुल्न नछाडे विधार्थीहरुको हर र अधिकारका निम्ति नेविसंघ जस्तोसुकै कदम चाल्न बाध्य हुने र त्यसवाट उत्पन्न परिस्थतिको जिम्मेवारी सम्बन्धित निकाय हुनुपर्ने नेविसंघ खोटाङका सभापति राजकुमार बस्नेतले बताए ।
२०७६ चैत्र ४ गते राती ८ : ५९ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology