प्रधानमन्त्री ओलीले राजीनामा दिँदा उचित : पशुपति शमशेर

प्रधानमन्त्री ओलीले राजीनामा दिँदा उचित : पशुपति शमशेर




समायोजन खबर काठमाण्डौ,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । अस्वस्थ हुनुभएको कारण प्रधानमन्त्री ओलीले देशप्रतिको कर्तव्य निभाउन नसकेको भन्दै जबराले प्रधानमन्त्रीलाई राजीनामा दिएर आराम गर्न आग्रह गर्नुभएको हो।

शनिबार काठमाण्डौमा आयोजित साक्षात्कारमा बोल्दै उहाँले भन्नुभयो ‘प्रधानमन्त्री स्वस्थ हुँदा पनि देशको लागि केही गर्नुभएन । उहाँले अब राजीनामा दिँदा नै उचित हुन्छ ।’अध्यक्ष जबराले वर्तमान सरकारले जनतालाई कुनै पनि किसिमको सेवा प्रदान गर्न नसकेको आरोप लगाउनुभयो ।

संविधान जारी गर्दा राप्रपा पनि चार दलमध्ये एक शक्ति भएकोले आफूहरु संविधानप्रति प्रतिबद्ध रहेको उनको भनाइ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रहरु एक भएर लड्नुपर्ने भनेर राख्नुभएको प्रस्ताव सकारात्मक भएको जबराले भन्नुभयो । २०७६ चैत्र १ गते साँझ ७ :३४ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology