समाजवादी शिल्पी विशेष प्रदेश जिल्ला उपसमिति गठन

समाजवादी शिल्पी विशेष प्रदेश जिल्ला उपसमिति गठन




समायोजन खबर खोटाङ,
खोटाङमा समाजवादी पार्टी निकट ‘समाजवादी शिल्पी विशेष प्रदेश जिल्ला उपसमिति’ गठन गरिएको छ । पूर्व संघीय समाजवादी र नयाँ शक्ति निकट दलित संगठन समायोजनपछि शुक्रबार तिलक मुदेलको अध्यक्षतामा ३७ सदस्यीय समाजवादी शिल्पी विशेष प्रदेश जिल्ला उपसमिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा राम बहादुर विक र राजु सेवा दर्जी, सचिवमा लाल बहादुर विक, सह–सचिवमा डिल्लीशेर दर्जी र कोषाध्यक्षमा दुर्गा विक छन् । कृषि तथा भू–व्यवस्थापन विभागीय प्रमुख मदन राईको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य सुर्य राई, जिल्ला अध्यक्ष टंक थापा, समाजवादी महिला संघकी केन्द्रीय सदस्य अन्जना राई, सचिवालय सदस्य निर्मल राईको उपस्थितिमा शिल्पी विशेष प्रदेश जिल्ला उपसमिति गठन भएको समाजवादी पार्टीले जनाएको छ ।

पार्टी कार्यालय दिक्तेलमा समायोजन समितिका संयोजक तथा जिल्ला उपाध्यक्ष मणि राई अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
२०७६ चैत्र १ गते बिहान ८ :२५ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology