बाक्सिला गोल्डकप : उपाधी बाक्सिला फुटबल क्लबलाई

बाक्सिला गोल्डकप : उपाधी बाक्सिला फुटबल क्लबलाई




चिसाङ शेर्पा खोटाङ,
खोटाङमा सर्वाधिक धनराशी भएको ११ औं केपिलासगढी बाक्सिला रनिङ गोल्डकपको उपाधि आयोजक बाक्सिला फुटबल क्लबले उचालेको छ । बाक्सिलाले आफ्नो प्रतिद्धन्दी टिम सोल्मा स्पोर्टस क्लबलाई शुन्यका विरुद्ध २ गोल गर्दै उपाधि उचालेका हुन् ।

केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी माविको खेलमैदानमा आईतबार भएको फाईनल खेलको पहिलो हाफको ३७ औं मिनेटमा बाक्सिला फुटबल क्लबलाई जर्सि नम्बर ११ का शुसन तामाङले पहिलो गोल गरेर खाता खोलेका थिए । त्यस्तै दोश्रो हाफमा बाक्सिला फुटबल क्लबकै जर्सि नम्बर ८ का सौरभ कार्कीले अर्काे गोल थपेर अग्रता दिलाए । प्रतियोगितामा २ गोल नै निर्णायक गोल बन्यो ।

प्रतियोगिताको विजेता भएसँगै बाक्सिला फुटबल क्लबले २ लाख ११ रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताका उपविजेता सोल्मा स्पोर्टस क्लबले ९९ हजार ९११ रुपैयाँ हात पारेको छ । प्रतियोगिताका सेमिफाईनलिस्ट टिम खारम्बु स्पोर्टस क्लव र हलेसी तुवाचुङ फुटबल क्लबले जनही २० हजार ११ रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी बाक्सिला फुटबल क्लवका विकि राई र बाक्सिला फुटबल क्लबकै शुसन तामाङ सर्वाधिक गोलकर्ता भएका छन् । उनीहरुलाई जनही ११ हजार १११, उत्कृष्ट गोलरक्षक बाक्सिलाका रेम्बो चौधरी, उत्कृष्ट डिफेण्डर विक्रम लिम्बू, उत्कृष्ट मिडफिल्डर सोल्मा स्पोर्ट क्लबका दिपक भुसाल र उत्कृष्ट कोच लक्ष्मण तामाङलाई जनही ५ हजार ११ रुपैयाँ प्रदान गरिएको छ । विजयी टिमलाई प्रदेशसभा सदस्य राजन राई, केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा सहभागी भएका ८ टिमलाई टिमदर्ता शुल्क निःशुल्क गरिएको थियो । सहभागी टिमलाई १०/१० हजार यातायात खर्च प्रदान गरिएको बाक्सिला फुटबल क्लवका अध्यक्ष शिवकुमार राईले बताए । फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनका लागि २०६१ सालदेखी बाक्सिला फुटबल क्लवले गोल्डकप गराउदै आएको हो । २२ फागुनबाट प्रतियोगिता सुरु भएको थियो ।प्रतियोगिताका लागि केपिलासगढी गाउँपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको थियो ।
२०७६ फागुन २५ गते साँझ ६ :४० मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology