दिप्रुङमा खुल्ला महिला/पुरुष भलिवल प्रतियोगिता सुरु

दिप्रुङमा खुल्ला महिला/पुरुष भलिवल प्रतियोगिता सुरु




चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा खुल्ला महिला पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । “खेल खेलौ स्वस्थ्य रहौं, खेलको माध्यमद्धारा भाईचाराको विकास गरौं” भन्ने नाराका साथमा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत शनिबारदेखी खुल्ला महिला/पुरुष भलिवल र एकल नृत्य प्रतियोगिता सुरु भएको हो ।

सप्तेश्वर छितापोखरीस्थित तृतीय भञ्ज्याङमा सुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष भुपेन्द्र राई र उपाध्यक्ष सपना राईले एकसाथ उद्घाटन गर्नुभयो । प्रतियोगितामा पुरुषतर्फ १६ टिम एबंम् महिलातर्फ ७ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा दिप्रङ चुईचुम्मा गाउँपालिकाका जनप्रतिनिधि र ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाका जनप्रतिनिधिविच प्रतिस्र्पधा भएको थियो । उद्घाटन खेल दिप्रङ चुईचुम्मा गाउँपालिकाले जितेको छ ।

पुरुष भलिवल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ५० हजार, दोश्रो हुनेले ८० हजार, तेश्रो हुनेले ४० हजार, सान्त्वना हुनेले २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । महिला भलिवल प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, दोश्रो हुनेले ४० हजार, तेश्रो हुनेले ३० हजार, सान्त्वना हुनेले २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट महिला खेलाडीले जनही तीन हजार र पुरुष खेलाडीलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता २६ फागनुसम्म सञ्चालन हुनेछ । यस्तै, एकल नृत्य प्रतियोगितामा प्रथम हुनेले १० हजार, दोश्रो हुनेले सात हजार, तेश्रो हुनेले पाँच हजार र सान्त्वना हुुनेले दुई हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
२०७६ फागुन २४ गते राती ८ :३९ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology