बाक्सिला गोल्डकप : आज सेमिफाईनका दुई खेल

बाक्सिला गोल्डकप : आज सेमिफाईनका दुई खेल




चिसाङ शेर्पा खोटाङ,
सर्वाधिक धनराशी भएको ११ औं केपिलासगढी बाक्सिला रनिङ गोल्डकपमा (शनिबार) आज दुई खेल हुदैछ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी माविको खेलमैदानमा सञ्चालन भईरहेको प्रतियोगितमा सेमिफाईनलका लागि दुई खेल हुन लागेको हो ।

सेमिफाईनलका लागि बाक्सिला फुटबल क्लब र खारम्बु स्पोर्टस क्लव एबंम् सोल्मा स्पोर्टस क्लब र हलेसी तुवाचुङ फुटबल क्लबविच भिडन्त हुने बाक्सिला फुटबल क्लवका सचिव पवन श्रेष्ठले जानकारी दिए । बिहीबारबाट सुरु भएको प्रतियोगितामा खोटाङ भगवती स्पोर्टस क्लब, जन्तेढुंगा स्पोर्टस क्लब, नेर्पा स्पोर्टस क्लब, हलेसी खेलकुद विकास समिति बाहिरिएको छ । फाईनल खेल आईतबार हुनेछ ।

गोल्डकपका विजेताले २ लाख ११ रुपैयाँ, उपविजेताले ९९ हजार ९११ रुपैयाँ र सेमिफाईनलिस्टले २० हजार ११ रुपैयाँ पाउने छन् । यस्तै, प्रतियोगीताका उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ११ हजार १११, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई जनही ५ हजार ११ रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागीलाई टिमदर्ता शुल्क निःशुल्क गरिएको थियो । सहभागी टिमलाई १०/१० हजार यातायात खर्चको पनि व्यवस्था गरिएको बाक्सिला फुटबल क्लवका अध्यक्ष शिवकुमार राईले बताए । गोल्डकपका लागि केपिलासगढी गाउँपालिकाले ५ लाख आर्थिक सहयोग गरेको छ । प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका छन् ।
२०७६ फागुन २४ गते बिहान १० : १६ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology