मेयरकप कराते प्रतियोगितामा दिक्तेललाई तीन कास्य

मेयरकप कराते प्रतियोगितामा दिक्तेललाई तीन कास्य




चिसाङ शेर्पा खोटाङ,
दोश्रो कटारी नगर मेयरकप आमन्त्रित सितोरियो कराते प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तीन कास्य पदक जितेकोे छ । एक महिला र एक पुरुष फाईनलमा पुगेको छ ।
कटारी नगरपालिकाले कटारी वजारमा शुक्रबारदेखी आयोजना गरेको प्रतियोगिताको पहिलो दिन महिला कुमितेको ३५ केजी तौल समुहमा निलम श्रेष्ठ, ४० केजी तौलमा प्रतिमा राई र पुरुष ५० केजी तौल समुहमा प्रकाश परियारले कास्य पदक जितेका छन् ।


पुरुष ४५ केजी तौल समुहमा सुर्यचन्द्र राई र महिला ४५ केजी तौलमा युमासाम राई फाईनल चरणमा प्रवेश गरेको प्रशिक्षक मोतिचन्द्र राईले जानकारी दिए । भोली (शनिबार) महिला एकलकातामा रोश्मा राई र पुरुष एकलकातामा रुरिहाङ दुमिले प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, महिला कुमितेको ५५ केजी तौलमा रोश्मा राई, ६० केजी तौल समुहमा मिसडोना राई र पुरुष कुमितेको ६० केजी तौल समुहमा अर्जुन श्रेष्ठ र ६५ केजी तौल समुहमा रुरिहाङ दुमिले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेले ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।
२०७६ फागुन १६ गते राती ९ :३१ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology