ए मेरो हजुर ४ को शुभ मुहुर्तसँगै छायाँकन सुरु

ए मेरो हजुर ४ को शुभ मुहुर्तसँगै छायाँकन सुरु




योगिन राई काठमाण्डौ,
फिल्म ए मेरो हजुर ४ को शुभमुहुर्त गरिएको छ । अहिलेका चल्तिका अभिनेता अनमोल केसी र सुहाना थापाको मुख्य अभिनय रहने फिल्मलाइ झरना थापाको निर्देशनमा बन्ने भएको छ । फिल्मको सुक्रबार कार्यबिनायक मन्दिरमा पुजा गर्दे सुरु गरिएको छ । फिल्मको शुभमुहुर्त सँगै छायाँकन पनि सुरु गरिएको हो । शुभमुहुर्त कार्यक्रममा निर्देशक झरना थापा कलाकार अनमोल केसी सुहाना थापा सलोन बस्नेत सिनेमाटोग्राफर सन्जय लामा लगायत अन्य प्रबिधिक टिमको उपस्थित रहेको थियो ।

फिल्मको निर्माण टिमले आज काठमाडौमा केहि दृश्यको छायाँकन गरेको छ । पोखरामा १० दिन काठमाडौ र ललितपुरमा ३० दिन र ओमान र युरोपमा समेत छायाँकन गरेर ५० दिनमा सक्ने लक्ष्य लिइएको छ । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा सुनिल कुमार थापा रहेका छन । करिब डेड करोडको लगानीमा निर्माण गरिने फिल्मको प्रदर्शन मिति २०७७ सालको फुलपाति अर्थात कार्तिक ७ लाई तोकिएको छ ।

फिल्म ए मेरो हजुर ४ करिब एक दशकभन्दा अगाडि प्रदर्शनमा आएको फिल्म ए मेरो हजुरको चौथो सिरिज हो । यसको पहिलो सिरिजलाइ शिब रेग्मीले निर्देशन गरेका थिए । अभिनेता श्रीकृष्ण श्रेष्ठ र झरण थापाको अभिनय रहेको थियो । त्यसयताको ए मेरो हजुरको बाँकि सिरिजलाइ झरना थापाले निर्देशन गर्दे आइरहेका छन । फिल्ममा अनमोल सुहाना र सलोन बस्नेतसँगै लक्ष्मि गिरी रेयर राई सुरक्षा गौतम सरोज खनाल लगायत कलाकारहरुको अभिनय रहेको छ । भने फिल्मको सँगित आशिस अबिरल कल्याण सिँह प्रतिक पौडेल र बसन्त सापकोटाको रहेको छ ।
२०७६ फागुन १६ गते साँझ ७ :४१ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology