वडा शिक्षा समिति लफ्याङद्धारा हाजिरीजवाफ प्रतियोगीता,पञ्च मावि दिक्तेल प्रथम

वडा शिक्षा समिति लफ्याङद्धारा हाजिरीजवाफ प्रतियोगीता,पञ्च मावि दिक्तेल प्रथम




समायोजन खबर खोटाङ,
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित वडा शिक्षा समितिले अन्तर मावि स्तरिय हाजिरीजवाफ प्रतियोगीता गरेको छ । सामुदायीक विद्यालयको घट्दो शैक्षिक गुणस्तर वृद्धि गराउनका लागि २०७५ सालदेखि जिल्लामै पहिलोपल्ट शैक्षिक कार्ययोजना तयार पारेर लागू गरेको वडा शिक्षा समितिले शुक्रबार अन्तरमावि स्तरिय हाजिरीजवाफ प्रतियोगीता गरेको हो ।

नगरपालिकाभित्रका माविलाई मात्र सहभागी गराइएको प्रतियोगीतामा पञ्च मावि दिक्तेल प्रथम, सावित्रा माबि बाम्राङ दोश्रो र सितला मावि खाल्ले तेश्रो भएको वडा शिक्षा समिति लफ्याङका संयोजक एबं वडाध्यक्ष निर्मल राईले बताए ।  प्रतियोगीताका विजेता विद्यालयले क्रमशः ९ हजार, ६ हजार र ३ हजार प्राप्त गरेका छन् । विजेतालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई लगायतले पुरस्कार प्रदान गरेका छन् ।

प्रथम पुरस्कार वडाध्यक्ष एबं वडा शिक्षा समितिका संयोजक राई, दोश्रो पुरस्कार निर्माण व्यवसायी इमानसेर राई र तेश्रो पुरस्कार श्रीमावि बाँसबोटेका व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र राईले प्रयोजन गरेका हुन् । प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका १३ विद्यालयका ३/३ जना छात्र/छात्राको सहभागीता रहेको थियो । सहभागी विद्यालयका विद्यार्थीलाई श्रीमावि बाँसबोटेले जनही पाँच सयका दरले यातायात खर्च प्रदान गरेको छ ।
२०७६ फागुन १६ गते साँझ ७ :३२ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology