चौलागाँई प्रतिष्ठान जिल्ला कार्य समिति अध्यक्षमा हरि प्रसाद

चौलागाँई प्रतिष्ठान जिल्ला कार्य समिति अध्यक्षमा हरि प्रसाद




समायोजन खबर खोटाङ,
‘चौलागाँई प्रतिष्ठान जिल्ला कार्य समिति’ खोटाङको अध्यक्षमा हरि प्रसाद चौलागाँई र्निविरोध चयन भएका छन् । साकेला गाउँपालिका–४ मात्तिमस्थित नैलाखर्कमा सोमबार सम्पन्न पहिलो अधिवेशनबाट उनको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा नृप बहादुर चौलागाँई, महिला उपाध्यक्षमा अर्चना चौलागाँई, सचिवमा गणेश चौलागाँई, सह–सचिवमा युवराज चौलागाँई, कोषाध्यक्षमा वावुराम चौलागाँई चयन भएको चौलागाँई प्रतिष्ठान जिल्ला कार्य समिति खोटाङले समायोजन खबर डटकमलाई जानकारी दिए ।

चौलागाँई प्रतिष्ठानका केन्द्रीय सदस्य रामप्रसाद चौलागाँईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा चौलागाँई प्रतिष्ठान १ नम्बर प्रदेशका अध्यक्ष उत्तम बहादुर चौलागाँई लगायतको उपस्थिती थियो ।
२०७६ फागुन १२ गते साँझ ७ :४८ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology