फागुन २२ बाट ११ औं केपिलासगढी बाक्सिला रनिङ गोल्डकप

फागुन २२ बाट ११ औं केपिलासगढी बाक्सिला रनिङ गोल्डकप




चिसाङ शेर्पा खोटाङ,
११ औं केपिलासगढी बाक्सिला रनिङ गोल्डकप आगामी फागुन २२ गतेबाट सुरु हुने भएको छ । मोफसलमा फुटबलको व्यवसायीक बिकासको लक्ष्य लिएर २०६१ सालमा स्थापित बाक्सिला फुटबल क्लवको आयोजनामा हुँदै आएको बाक्सिला रनिङ गोल्डकपको ११ औंं संस्करण २६ फागुनसम्म केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा सञ्चालन हुने भएको हो ।

०६१ सालदेखी ‘बाक्सिला रनिङ गोल्डकप’ नामबाट सञ्चालन हुंदै आएको गोल्डकपलाई पाँच लाखभन्दा माथि सहयोग गर्ने संघसंस्थाको नाम क्लवको नामभन्दा अगाडी राख्ने निर्णय अनुसार यसवर्ष केपिलासगढी गाउँपालिकाले सहयोग गरेकाले बाक्सिला रनिङ गोल्डकपको नाम ‘११ औं केपिलासगढी बाक्सिला रनिङ गोल्डकप’ राखिएकोे क्लवका अध्यक्ष शिवकुमार राईले बताए ।

जिल्लामा फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनका लागि गोल्डकप गराउदै आएको क्लवले यसवर्ष पुरस्कार राशीलाई बढाएको छ । ११ औं संस्करणका विजेताले दुई लाख ११ रुपैयाँ, उपविजेताले ९९ हजार नौ सय ११ रुपैयाँ र सेमिफाईनलिस्टले २० हजार ११ रुपौयाँ पुरस्कार पाउने छन् । गतवर्ष भएको १० औं संस्करणमा खारम्बु स्पोर्टस क्लव खार्मी विजेता बनेको थियो ।
यसैविच, १० औं संस्करणका क्रममा निर्णायकमाथि हातपात गरेकामा बुईपा खेलकुद समुह ११ लाई ११ औं संस्करणमा सहभागी नगराइने क्लवका अध्यक्ष राईले बताए ।
२०७६ फागुन ११ गते राती ९ :३७ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology