बन्ने भयो २ नम्बरी

बन्ने भयो २ नम्बरी




योगिन राई काठमाण्डौ,
छ माया छपक्कै फिल्म निर्देशन गरेर सफलता पाएका निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा बन्ने नयाँ फिल्म २ नम्बरीको राजधानिमा एक कार्यक्रम गरि घोषणा गरिएको छ । रेड वर्ड प्रोडक्सन प्रालि र आरपि फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म सोसियल कमेडि जनरमा निर्माण हुने भएको छ ।

माघको २५ बाट छायाँकन सुरु गरेर २०७७ सालको जनैपुर्णिमा रिलिज मिति तय गरिएको फिल्ममा दयाहाङ राई, पल शाह, बर्षा राउत, बुद्धि तामाङ लगायतको अभिनय रहनेछ । फिल्मको प्रस्तुतकर्तामा किरण नेपाली, निर्मातामा रोहित कठेत र सरोज नेपाली, सह निर्मातामा अमलादेबी राई, कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सिनेमाटोग्राफरमा सुसन प्रजापति रहेको छ ।
२०७६ माघ १३ गते राती ८ :५८ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology